नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
सारांश
- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
- उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो।
- उनी यसअघि नाडाका महासचिव थिए भने स्पेयर पार्टस व्यवसायी हुन्।
काठमाडौँ । अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेको थियो ।
अन्तिमसम्म उनको मात्रै उम्मेदवारी परेपछि साे संस्थाकाे अध्यक्षमा उप्रेती निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो । उप्रेती यसअघि नाडाका महासचिव थिए । उनी स्पेयर पार्टस व्यवसायी हुन्।
उप्रेती सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् । नाडाको केन्द्रीय कार्य समितिका सदस्यहरूको निर्वाचन पुस २५ गते हुने तय भएको छ। नाडाका अन्य पदाधिकारीहरू पनि निर्विरोध हुने देखिएको छ ।
सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । एक जनाको मात्रै उम्मेदवारी बढी परेकाले मिलाउने प्रयास भइरहेको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण