इरानमा जारी विरोध प्रदर्शनमा तीन जनाको मृत्यु
सारांश
- इरानमा बढ्दो महँगीको विरोधमा भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ।
- लोरेस्तान प्रान्तको अजना सहरमा भएको प्रदर्शनमा प्रहरी चौकीमा आगजनी भएको थियो।
- प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १७ जना घाइते भएका छन्।
तहरान । इरानका सहरहरूमा आकासिँदै गइरहेको महँगीको विरोधमा भइरहेको विरोध प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार, प्रदर्शनको पाँचौँ दिन अजनामा प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको हो । लोरेस्तान प्रान्तको अजना सहरमा बिहीबारको विरोध प्रदर्शनका क्रममा आगजनीको तस्बिरहरू बाहिरिएका थिए ।
बीबीसी फारसी सेवाका अनुसार, तस्बिरहरूमा अजनाको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो लगाउँदै गरेको देखाइएको छ । यी विरोध प्रदर्शनका क्रममा प्रहरी मुख्यालयमा आक्रमण गरिएको र यस क्रममा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको इरानी सञ्चार माध्यमले भनेका छन् । प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध अश्रुग्याँस र गोली प्रहार गरेका थिए ।
आफूले ओठमाथि गोली लागेको र रगत बगिरहेको एक परिचित व्यक्ति देखेको एक प्रत्यक्षदर्शीले बताएको भन्दै बीबीसी फारसीले समाचारमा लेखेको छ । धेरै मानिसहरू खुट्टा खल्च्याङग खल्च्याङ गरेर हिँडिरहेको प्रत्यक्षदर्शीले देखेको पनि बीबीसीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण