इरानमा प्रदर्शनकारी र सुरक्षा बलबिच झडप, मर्नेको सङ्ख्या ७ पुग्यो
सारांश
- इरानमा बढ्दो महँगी र आर्थिक अवस्थाका कारण तीन वर्षयताकै ठुलो प्रदर्शन भयो।
- प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा विभिन्न सहरहरूमा कम्तीमा ७ जनाको मृत्यु भयो।
- प्रदर्शनकारीहरूले सर्वोच्च नेताको शासन अन्त्य र राजतन्त्र फिर्तीको माग गर्दै नारा लगाए।
तेहरान । बढ्दै गइरहेको महँगी र बिग्रँदो आर्थिक अवस्थालाई लिएर इरानमा यतिबेला तीन वर्षयताकै सबैभन्दा ठुलो प्रदर्शन भइरहेको छ । बीबीसी अरबी सेवाका अनुसार विरोध प्रदर्शनको पाँचौँ दिन बिहीबार इरानका विभिन्न सहरहरूमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका छन् भने अरूले राजतन्त्र फिर्तीको माग गरेका थिए । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा प्रदर्शनकारी र सुरक्षा बलबिचको झडपका क्रममा सवारी साधनहरूमा आगजनी गरिएको देखाइएको छ ।
प्रदर्शनकारीहरूले सुरक्षा बलमाथि ढुङ्गा प्रहार गरेका दृश्यहरू देख्न सकिन्छ । प्रहरीले प्रदर्शनकारीमाथि गोला बारुद र अश्रुग्यास फ्याँकेका छन् ।
दक्षिण पश्चिमी इरानी सहर लोरेस्तानमा प्रदर्शनकारी र सुरक्षा बलबिचको झडपमा तीन जनाको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी फार्स र मानव अधिकार संगठन हेङ्गावले बताएका छन् । देशको पश्चिमी भागमा रहेको अज्नामा तीन जना र कुहदश्तमा एक जनाको मृत्यु भएको फार्सले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण