फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्न ६ कम्युनिस्ट पार्टीको आह्वान
सारांश
- ६ कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने आह्वान गरेका छन्।
- उनीहरूले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नभएको भन्दै निर्वाचन बहिष्कार गर्न आग्रह गरेका छन्।
- ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले केन्द्रीय सङ्घर्ष समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । ६ कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् । शुक्रबार ललितपुरमा बसेको ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले सो आह्वान गरेको हो ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘स्वाधीन, संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गर्दछौँ ।’
निर्वाचन बहिष्कार गर्न आह्वान गर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।
बैठकले ६ कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय सङ्घर्ष समिति गठन गर्ने र सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त सङ्घर्ष गर्ने निर्णय समेत गरेको छ ।
कार्की नेतृत्वको सरकार अलोकतान्त्रिक रहेको ठहर गर्दै त्यसको बर्खास्त गनुपर्नेमा समेत बैठकले जोड दिएको छ । जारी संयुक्त विज्ञप्तिमा भनिएको छ : ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली, सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि संयुक्त सङ्घर्ष अघि बढाउने निर्णय सार्वजनिक गर्दछौँ ।’
बैठकले सर्वसाधारणलाई संयुक्त संघर्षको लहर सृष्टि गर्ने आन्दोलनमा सामेल हुन आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका प्रस्तावबारे बोलेनन् उपसभापति शर्मा
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण