मादुरो पक्राउ परेका हुन् भने अब के ?
सारांश
- अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ।
- यो घटना सन् १९८९ मा पानामाका नेता म्यानुएल नोरिएगालाई पक्राउ गरेको घटनासँग मिल्दोजुल्दो छ।
- मादुरोको पक्राउले भेनेजुएलामा अस्थिरता निम्त्याउन सक्ने र विपक्षी नेताहरू सत्तामा आउने सम्भावना बढेको छ।
काराकास । अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानीमै घुसेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको भन्ने दाबी यदि सत्य हो भने, यो घटना विश्व राजनीतिका लागि बिल्कुलै नौलो परिदृश्य हो।
यसलाई सन् १९८९ मा पानामाका नेता म्यानुएल नोरिएगालाई अमेरिकी विशेष फौजले पक्राउ गरेको घटनासँग तुलना गर्न सकिन्छ। मादुरो र नोरिएगा दुवैले हालसालैका विवादास्पद चुनावमा जितको दाबी गरेका थिए, दुवैमाथि अमेरिकाले लागुऔषध ओसारपसारमा संलग्न भएको आरोप लगाएको थियो र दुवै घटनाअघि अमेरिकी सैन्य गतिविधि बढेको थियो।
तथापि, नोरिएगाको पक्राउ दुई देशबिचको छोटो तर निर्णायक युद्धपछि मात्र सम्भव भएको थियो, जसमा पानामाको सेना छिट्टै पराजित भएको थियो। नोरिएगा भ्याटिकन दूतावासमा ११ दिनसम्म लुकेका थिए र अमेरिकी सेनाले चर्को आवाजमा रक संगीत बजाएर ‘मनोवैज्ञानिक युद्ध’ गरेपछि मात्र उनले आत्मसमर्पण गरेका थिए।
त्यसपछि उनलाई अमेरिका लगेर लागुऔषध अभियोगमा दोषी ठहर गरिएको थियो। तर, मादुरोलाई नियन्त्रणमा लिने अपरेसनको विस्तृत विवरण बाहिर नआए पनि यो नोरिएगाको भन्दा निकै महत्त्वाकांक्षी र फरक देखिन्छ। यसपटक कुनै परम्परागत स्थल सेनाको प्रयोग वा युद्धबिना नै राष्ट्रपति र उनकी पत्नीलाई ‘एक्सट्र्याक्ट’ (उद्धार/नियन्त्रण) गरिएको छ।
सन् १९८९ मा नोरिएगालाई हटाउन पानामामा आक्रमण गरेयता ल्याटिन अमेरिकामा अमेरिकाले गरेको यो सबैभन्दा ठूलो प्रत्यक्ष हस्तक्षेप हो। राष्ट्रपति ट्रम्पले भनेजस्तै मादुरोलाई बलपूर्वक हटाइएको हो भने यो अमेरिकी प्रशासनभित्रका कडा स्वभावका अधिकारीहरू (हक्स) का लागि ठूलो जित मानिनेछ, जो खुला रूपमै सत्ता परिवर्तनको पक्षमा थिए।
अमेरिकाले मादुरोलाई लागुऔषध तस्कर गिरोहको नाइके भएको आरोप लगाउँदै आएको छ भने भेनेजुएलाले चाहिँ अमेरिकाले आफ्नो विशाल तेल भण्डार हडप्न चाहेको आरोप लगाउने गरेको छ। मादुरोको भविष्य अब अमेरिकी जेलमै सीमित हुने अनुमान गर्न सकिन्छ।
मादुरो हटेपछि भेनेजुएलामा अब के हुन्छ भन्ने कुरा भने निकै अनिश्चित छ। अमेरिकी हस्तक्षेपका समर्थकहरूले अब नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो वा २०२४ का विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको नेतृत्वमा विपक्षीले सत्ता सम्हाल्ने बाटो खुलेको तर्क गरेका छन्।
तर, यो प्रक्रिया सोचेजस्तो सहज नहुन सक्छ। भेनेजुएलाको सेना र अर्धसैनिक बल मादुरोप्रति वफादार रहँदै आएका छन् र प्रत्यक्ष अमेरिकी हस्तक्षेपले देशमा थप अस्थिरता निम्त्याउन सक्ने डर पनि छ। मादुरो पक्राउ परेको खबरसँगै उनका नजिकका अन्य सहयोगीहरू पनि अब आफ्नो भविष्यलाई लिएर त्रसित बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण