बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विशेष महाधिवेशन अनिवार्य छ – अर्जुन नरसिंह केसी

शनिबार, १९ पुस २०८२, २१ : १६
शनिबार, १९ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जालमार्फत पार्टीको विशेष महाधिवेशन अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् ।

लोकतान्त्रिक पद्धतिको आधारभूत सिद्धान्त विधिको शासन रहेकाले पार्टीका सबै निर्णय र गतिविधि विधानअनुसार चल्नुपर्नेमा उनले जोड दिएका छन् । 

केसीले शनिबार साँझ फेसबुकमा नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको स्मरण गराएका छन् । 

वर्तमान जटिल राजनीतिक संक्रमण, २०८२ को आम निर्वाचनको तयारी, भ्रष्टाचारविरुद्धको जनआन्दोलन र युवाको चरम असन्तुष्टिलाई सम्बोधन गर्न विशेष महाधिवेशन समयको माग भएको उनको भनाइ छ ।

नयाँ सोच, नीति, नेतृत्व र कार्यक्रमसहित जनतामा जानु अपरिहार्य रहेको केसीले लेखेका छन् । यथास्थितिमा रहनु पार्टीका लागि आत्मघाती हुने चेतावनी दिँदै उनले विधानको पालना गर्दै सबैलाई विशेष महाधिवेशनमा सहभागी भई नवीन कांग्रेस निर्माण गर्न र सहमतिबाट निकास खोज्न आह्वान गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप