श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु, आरोपीद्वारा आत्महत्याको प्रयास
सारांश
- उदयपुरको बेलका नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
- सामान्य विवादपछि श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेका थिए, उपचारका क्रममा उनको मृत्यु भयो।
- श्रीमतीलाई आक्रमण गरेपछि श्रीमानले आत्महत्याको प्रयास गरेका थिए र उनको उपचार भइरहेको छ।
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा श्रीमानले श्रीमतीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ८ बजे बेलका–३ किरात चोकका ३० वर्षीय खगेन्द्र राई र २७ वर्षीया गंगा राई (भावना) बिच सामान्य विवाद हुँदा खगेन्द्रले श्रीमतीमाथि धारिलो छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा बिहान ९ : ५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई आक्रमण गरेपछि खगेन्द्रले सोही छुरा आफ्नो शरीरमा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। उनलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।
हाल खगेन्द्रको सोही अस्पतालमा प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण