नवौँ पटक संसदीय चुनाव लड्दै पृथ्वीसुब्बा गुरुङ, एमाले लमजुङले गर्यो उम्मेदवार सिफारिस
सारांश
- पृथ्वीसुब्बा गुरुङ लामो समयदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्।
- गुरुङ २०४३ सालदेखि विभिन्न निर्वाचनमा उम्मेदवार बनेका थिए, जसमा केहीमा जित र केहीमा हार बेहोरे।
- अहिले फेरि प्रतिनिधि सभाको निर्वाचनका लागि उनले आकांक्षा देखाएका छन्, लमजुङ एमालेले उनको नाम सिफारिस गरेको छ।
पोखरा । नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ एक हुन् । उनी २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
२०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा ९ख० बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेपछि उनी २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
पुनः प्रतिनिधि सभाकै निर्वाचनका लागि उनले आकांक्षा देखाएका छन् । लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरिएको एमाले लमजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण