नेशनल लाइफद्वारा बागमती प्रदेशका ५०० भन्दा बढी अभिकर्ता सम्मानित
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा एक विशेष समारोह आयोजना गरी बागमती प्रदेशका ‘सीईओ क्लब’ सदस्यहरूलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी योग्यता पुर्याएका ५०० जना भन्दा बढी अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका हुन्।
वेभ हस्पिटालिटीमा सम्पन्न उक्त कार्यक्रममा विभागिय प्रमुख, प्रदेश प्रमुख तथा बागमती प्रदेशका विभिन्न शाखाका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा सिईओ क्लबका सदस्यहरूलाई सदस्यता वितरण गर्नुका साथै 'नेशनल रत्न' र 'नेशनल स्टार' विजेताहरूलाई चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरियो।
सो अवसरमा खत्रीले देशभरबाट १६०० भन्दा बढी अभिकर्ता सिईओ क्लबमा छनोट हुनुले कम्पनीको योजना सफल भएको र यसले अभिकर्तामा सकारात्मक उर्जा भर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागीहरूलाई उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए भने उत्कृष्ट अभिकर्ताहरूले आफ्ना व्यावसायिक अनुभव सुनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण