माया ग्रुपद्वारा दीपेन्द्रसिंह ऐरीसहित ९ क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता
सारांश
- माया ग्रुपले नेपाली क्रिकेट खेलाडीहरूसँग प्रायोजन सम्झौता गरेको छ।
- सम्झौतामा दीपेन्द्रसिंह ऐरी, भीम सार्की, र सोनी पाख्रिन लगायतका खेलाडीहरू छन्।
- माया ग्रुपले खेलाडीको प्रशिक्षण र खेल सामग्रीका लागि सहयोग गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल र बेलायतमा व्यवसायिक नेटवर्क रहेको 'माया ग्रुप' ले नेपाली राष्ट्रिय तथा उदीयमान ९ जना क्रिकेट खेलाडीहरूसँग प्रायोजन सम्झौता गरेको छ। सन् २०१८ मा स्थापना भएको यस ग्रुपले नेपाली क्रिकेटको विकास र खेलाडीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एक विशेष कार्यक्रमका बीच सम्झौताको घोषणा गरेको हो।
सम्झौता हुने खेलाडीहरूमा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन रहेका छन्।
_bNBS7KrAHo.jpg)
राज पाण्डे र डा. रक्षा थापा सञ्चालक रहेको माया ग्रुपले खेलाडीहरूलाई उच्च स्तरको प्रशिक्षण र खेल सामग्रीका लागि आर्थिक अभाव नहोस् भन्ने हेतुले यो सहकार्य सुरु गरेको जनाएको छ। माया ग्रुपले यसअघि नेपाली टोलीको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणको व्यवस्थापन समेत सम्हालेको थियो।
ग्रुप अन्तर्गत माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट, र माया स्पोर्ट्स सेन्टर लगायतका संस्थाहरू क्रियाशील छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण