आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायर : इन्दु बर्माकाे कप्तानीमा राष्ट्रिय टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा सञ्चालन हुनेछ ।
इन्दु बर्मालाई टोलीको कप्तानीको जिम्मेवारी दिइएको छ भने पूजा महतो उप–कप्तान नियुक्त भएकी छिन् । प्रतियोगितामा विश्वभरका १० टोलीले २०२६ महिला टी–२० विश्वकपका लागि चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले एसियाली क्षेत्रीय छनोटबाट यस ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुनेछन् ।
यस्तो छ, नेपाली टोली
इन्दु बर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, बिन्दु रावल, समझना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण