नाइजेरियामा आक्रमणकारीले गरे ३० जनाको हत्या
आइतबार, २० पुस २०८२, २० : ५५
काठमाडौँ । देशको नाइजर राज्यको एउटा गाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बताएको छ ।
अरू धेरैलाई अपहरण गरिएको प्रहरीको दाबी छ । हतियारधारीहरूले जंगलबाट निस्केर स्थानीय बजारमा आगो लगाएका र पसलहरू लुटपाट गरेका अधिकारीहरूले भनेका छन् ।
अपहरणमा परेकाहरूलाई उद्धार गर्न सुरक्षा कारबाही भइरहेको बताइएको छ ।
गत वर्ष नोभेम्बरमा यहाँको एक क्याथोलिक स्कुलबाट २०० भन्दा बढी बालबालिका र कर्मचारीहरूलाई अपहरण गरिएको थियो । डिसेम्बरमा अधिकारीहरूले अपहरणमा परेकाहरूको उद्धार गरेका थिए । नाइजेरियामा हालै सामूहिक अपहरणका घटनाहरू बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण