मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
सारांश
- मुख्यमन्त्री यादवले मधेस सबै समुदायको साझा घर भएको बताउँदै एकता नै मधेसको शक्ति रहेको उल्लेख गरे।
- उनले तनाव, अफवाह र हिंसाले समाधान नदिने भन्दै यस्ता गतिविधि अस्वीकार्य रहेको बताए।
- मुख्यमन्त्रीले शान्ति सुरक्षा सुदृढ बनाउने र अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिए।
धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस भूमि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताएका छन्। मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने उनले स्पष्ट पारेका हुन्।
हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताएका छन्। धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाइने जानकारी दिएका छन्। साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने उनले स्पष्ट चेतावनी दिएका छन्।
मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन्। समस्या समाधान सधैं संवादबाट हुने र द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गर्दै उनले पछिल्लो समय भएका क्षति र विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गरेका छन्।
मधेस सधैं शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा रहिरहने प्रतिबद्धता पनि उनले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण