शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा स्ट्रिट फेस्टिभलमा गोर्खा ब्रुअरीको सरसफाइ अभियान

सोमबार, २१ पुस २०८२, १२ : १३
सोमबार, २१ पुस २०८२

सारांश

  • गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले पोखरा स्ट्रिट फेस्टिभलमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेका छन्।
  • यो अभियान रेबान र भद्रकाली वेस्ट म्यानेजमेन्टसँगको सहकार्यमा पोखरामा सञ्चालन गरिएको हो, जसले सरसफाइलाई प्राथमिकता दिएको छ।
  • अभियानले फोहोर व्यवस्थापन, जनचेतना जगाउने र दिगो पर्यटनलाई सघाउने लक्ष्य राखेको छ।

कास्की । पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेका छन्। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो। 

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइलाई प्राथमिकता दिइएको छ। ठुला सार्वजनिक महोत्सवहरूमा हुने फोहोरलाई व्यवस्थित गर्न दिगो व्यवस्थापनको आवश्यकता महसुस गर्दै यो पहल सुरु गरिएको हो।

यस पहल अन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू प्रदान गरेको छ। ती डस्टबिनहरू लेकसाइड क्षेत्रका विभिन्न स्थानहरूमा राखिएका छन् जसले सर्वसाधारणलाई सही तरिकाले फोहोर विसर्जन गर्न प्रोत्साहित गरेको छ। संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणीय रूपमा जिम्मेवार ढङ्गले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट र बारहरूलाई यस अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ।

पोखरा नेपालकै स्वच्छ र सुन्दर सहर भएको र यसलाई भविष्यमा पनि कायम राख्न आफूहरू प्रतिबद्ध रहेको गोर्खा ब्रुअरीले जनाएको छ। महोत्सव अवधिभर मात्र सीमित नभई यो पहललाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास बलियो बनाउन, जनचेतना जगाउन र दिगो पर्यटनलाई सघाउने दीर्घकालीन सहकार्यको रूपमा अघि बढाइएको छ। 

वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको यो प्रतिबद्धताले नेपालभरि हुने उत्सवहरूलाई जिम्मेवार रूपमा मनाउन प्रेरणा दिने लक्ष्य राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप