दैलेख-१ मा एमालेका ५ जना उम्मेदवार सिफारिस
सारांश
- नेकपा एमाले दैलेखले क्षेत्र नम्बर- १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।
- क्षेत्रीय समन्वय कमिटीले ५ जना नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
- सिफारिसमा पूर्व सांसद रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, र अन्य नेताहरूको नाम समावेश छ।
सुर्खेत । नेकपा एमाले दैलेखले क्षेत्र नम्बर- १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकाङ्क्षीहरूको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
सोमबार बसेको निर्वाचन क्षेत्र नम्बर- १ क्षेत्रीय समन्वय कमिटीले ५ जना नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
जसमा पूर्व सांसद रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, नन्दकिशोर बस्नेत, रत्नबहादुर खड्का र लीला विसीको नाम रहेको छ । खड्का यसअघि नारायण नगरपालिकाको मेयर भइसकेका नेता हुन् ।
यो क्षेत्रमा ०७९ मा एमालेबाट विभाजित भएको एकीकृत समाजवादीका अम्मरबहादुर थापाले चुनाव जितेका थिए । अहिले सिफारिस भएका रवीन्द्रराज शर्मा पराजित भएका थिए ।
कुनै बेला एमालेमै रहेका थापा तत्कालीन नेकपा विभाजनका क्रममा समाजवादीतिर लागेका थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट यही क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण