राष्ट्रियसभामा तालमेल गर्न कांग्रेसले माग्यो ८ सिट
सारांश
- नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलहरूसँग ८ सिट मागेको छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी बैठकमा तालमेलबारे जानकारी गराएका छन्।
- कांग्रेस, नेकपा एमाले र अन्य दलहरूबीच तालमेलको लागि छलफल भइरहेको छ।
काठमाडौँ । माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो ।
तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन् ।
खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको जानकारी दिइन् ।
कार्यवाहक सभापति खड्काले बैठकमा गरेको ब्रिफिङबारे कोइरालाले सञ्चारकर्मीहरूसँग भनिन्, ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ ।’
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच तालमेलका लागि कुराकानी भइरहेको छ । कांग्रेसबाट खड्का र नेता रमेश लेखकले अन्य दलसँग छलफल गरिरहेका छन् । दलहरूबिच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण