मुस्तफिजुर रहमान निकालेको रिसमा बंगलादेशद्वारा आईपीएल प्रसारणमा रोक
सारांश
- बंगलादेशले बीसीसीआईको निर्देशनमा मुस्तफिजुर रहमानलाई आईपीएलबाट हटाएपछि आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको छ।
- बंगलादेश सरकारले बीसीसीआईले रहमानलाई हटाउनुको कुनै तार्किक कारण नदिएको जनाएको छ, जसले गर्दा जनता दुखी छन्।
- यो निर्णय बंगलादेशले टी-२० विश्वकपका लागि भारत यात्रा गर्न अस्वीकार गरेपछि र भारतसँगको सम्बन्ध तनावग्रस्त बनेपछि आएको हो।
ढाका । बंगलादेशले आफ्नो देशमा आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्रसारणमा प्रतिबन्ध लगाएको छ । बंगलादेशको यस्तो निर्णय तीव्र गतिका आफ्ना देशका बलर मुस्तफिजुर रहमानलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा निकालेपछि सोमबार आएको हो ।
बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बीसीसीआईले आईपीएल फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) लाई २०२६ को खेलाडी सूचीबाट रहमानलाई निकाल्न निर्देशन दिँदा कुनै 'तार्किक कारण' नदिएको उल्लेख छ ।
आईपीएलको आईपीएलको १९औँ संस्करण मार्च २६ बाट सुरु हुँदै छ ।
सरकारले जारी गरेको सूचनामा भनिएको छ, 'बीसीसीआईको यस्तो निर्णयको कुनै तार्किक कारण थाहा छैन, र यस्तो निर्णयले बंगलादेशका जनतालाई दुःखी, चोट पुर्याएको र पीडित बनाएको छ । ूयस अवस्थामा अर्को सूचना नभएसम्म आईपीएलका सबै खेलहरू र कार्यक्रमहरूको प्रसारण र टेलिकास्टिङ रोक्न आदेशद्वारा अनुरोध गरिन्छ ।'
सहायक सचिव फिरोज खानद्वारा हस्ताक्षरित सो आदेशमा यो निर्णय 'उचित अधिकारीको स्वीकृति र जनहितमा' जारी गरिएको उल्लेख छ ।
बीसीसीआईका सचिव देवजित साइकियाले रहमानलाई निकाल्ने आदेश घोषणा गर्दा यसको कारण 'चारैतिरका घटनाक्रमहरू' रहेको भन्दै विशेष कारण खुलाउन अस्वीकार गरेका थिए ।
आईपीएल प्रसारणमा प्रतिबन्ध लगाउने यो कदम बंगलादेशले अर्को महिना हुने टी–२० विश्वकपका लागि भारत यात्रा गर्न अस्वीकार गरेको र आफ्ना सबै लिग खेलहरू सह-आयोजक श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई अनुरोध गरेको एक दिनपछि आएको हो ।
गत वर्ष अगस्टमा सरकारविरोधी प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भागेर भारत पुगेपछि भारत–बंगलादेश सम्बन्ध तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा धेरै विद्यार्थी मारिएको घातक दमनमा उनको भूमिकाका लागि उनलाई अनुपस्थितिमा एक न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिनाको निष्कासनपछि बंगलादेशमा हिन्दुहरूलाई लक्षित गरी हिंसात्मक हमलाहरू भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण