कामादको अध्यक्षमा सहन्यायाधिवक्ता निरौला निर्वाचित
काठमाडौँ । सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक तथा क्षमता अभिवृद्धिका कार्य गर्दै आएको संस्था ‘कामाद’ को अध्यक्षमा नेपाल सरकारका सहन्यायाधिवक्ता कोषहरि निरौला निर्वाचित भएका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न संस्थाको २३ औं साधारण सभाले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला र संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल चयन भएका छन् । त्यसैगरी, सचिव पदमा देवनारायण पौडेल र निराजन पाण्डे तथा कोषाध्यक्षमा राजेन्द्र राज ओझा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोध कुमार शाह, निर्माण कुमार कार्की, मोहन बहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन हुनुभएको छ। संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष डिल्ली सिवाकोटी कार्यसमितिमा छन् ।
२०५४ सालमा स्थापना भएको यस संस्थामा नेपाल सरकारका उच्च पदस्थ निजामती कर्मचारीहरू आबद्ध रहेका छन् । कामादले विशेषगरी सार्वजनिक प्रशासनको क्षेत्रमा अध्ययन–अनुसन्धान (प्राज्ञिक कार्य) गर्नुका साथै निजामती सेवामा कार्यरत अधिकृतहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण