उत्साहित हुँदै रविले स्वर्णिमलाई भने– आगामी वर्षको बजेट लेख्न सुरु गर्नुहोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आगामी वर्षको बजेट तयार गर्न डाक्टर स्वर्णिम वाग्लेलाई आग्रह गरेका छन् ।
पार्टीले सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको बृहत् एकता समायोजन कार्यक्रममा उत्साहित रविले पार्टीका उपसभापति वाग्लेलाई बजेट लेख्न आग्रह गरेका हुन् ।
‘यहाँ उत्साह देखेर म यति चाहिँ भन्न सक्छु । डाक्टर स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ । डाक्टर सा’ब आउने वर्षको बजेट लेख्न सुरु गनोस् । नेताको रूपमा, पार्टीका रूपमा हामी के गर्नुपर्छ,गर्छौँ । देशको स्वार्थका रूपमा काम गएका छौँ । यो देशलाई निकास दिन । कुशासनबाट एकै पटक बाहिर निकाल्न । भ्रष्टाचारबाट बाहिर निकाल्न के–के गर्नुपर्छ हामी गर्छौँ’, उनले भने ।
अहिले जे देखिएको यसलाई ट्रेलर मात्र भएको र वास्तविक फिल्म रास्वपाले देखाउनै बाँकी रहेको उनले बताए ।
उनले भने, ‘फिलिम त हामीले पनि देखाउने छौँ । तर प्रतिशोधबाट होइन । प्रतिशोधको श्रृंखला मैले नख्खु जेलबाट नै छोडेको छ । मेरामाथि तरबार अझै झुन्ड्याएका छन् । त्यसको कुनै प्रवाह छैन । जेल बस्दा पनि भ्रष्टाचारीको सातो बोलाउने क्षमता राखेर बसेको मान्छे हो । परिवर्तनको बाहबलाई रोक्न खोज्दाको परिणाम हो भदौको विद्रोह ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण