मुगुबाट एमालेका ७ आकांक्षीको नाम सिफारिस, युवा नेतादेखि पूर्वसांसदसम्म
सुर्खेत । नेकपा एमाले मुगुले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आकांक्षी ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सोमबार बसेको एमाले जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा सदस्यका लागि आकांक्षी रहेका ७ जना नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको नेता राजबहादुर कार्कीले बताए । सिफारिस गरिएका नेताहरूको सूचीमा पूर्वसांसद, वर्तमान जिल्ला अध्यक्ष र गत निर्वाचनका प्रत्यासीहरू समावेश छन् ।
सिफारिसको पहिलो सूचीमा युवा नेता राजु कार्की (राजबहादुर कार्की) छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीसँग पराजित भएका थिए । यस्तै पूर्वसांसद गोपाल बहादुर बमले पनि पुनः सांसद बन्ने चाहना देखाएका छन् । उनी ०७४ सालमा प्रतिनिधि सभा सदस्य बनेका अनुभवी नेता हुन् । बम रारा क्षेत्रका होटल व्यवसायी पनि हुन् ।
यस्तै एमाले मुगु जिल्ला अध्यक्ष पूर्णबहादुर रोकाया, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल र महिलातर्फ कर्णसिला मल्ल र जानदेवी भामको नाम सिफारिस गरिएको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण