शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुगुबाट एमालेका ७ आकांक्षीको नाम सिफारिस, युवा नेतादेखि पूर्वसांसदसम्म

सोमबार, २१ पुस २०८२, २० : ३३
सोमबार, २१ पुस २०८२

सुर्खेत । नेकपा एमाले मुगुले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आकांक्षी ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । 

सोमबार बसेको एमाले जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा सदस्यका लागि आकांक्षी रहेका ७ जना नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको नेता राजबहादुर कार्कीले बताए । सिफारिस गरिएका नेताहरूको सूचीमा पूर्वसांसद, वर्तमान जिल्ला अध्यक्ष र गत निर्वाचनका प्रत्यासीहरू समावेश छन् । 

सिफारिसको पहिलो सूचीमा युवा नेता राजु कार्की (राजबहादुर कार्की) छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीसँग पराजित भएका थिए । यस्तै पूर्वसांसद गोपाल बहादुर बमले पनि पुनः सांसद बन्ने चाहना देखाएका छन् । उनी ०७४ सालमा प्रतिनिधि सभा सदस्य बनेका अनुभवी नेता हुन् । बम रारा क्षेत्रका होटल व्यवसायी पनि हुन् । 

यस्तै एमाले मुगु जिल्ला अध्यक्ष  पूर्णबहादुर रोकाया, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल र महिलातर्फ कर्णसिला मल्ल र जानदेवी भामको नाम सिफारिस गरिएको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप