सार्वजनिक स्थलमा थुक्ने प्रवृत्ति नियन्त्रणमा पटनाले चाल्यो यस्तो कदम
पटना । भारतको बिहार राज्यको राजधानीसमेत रहेको पटनामा सार्वजनिक स्थलमा थुक्ने प्रवृत्ति नियन्त्रणका लागि कडा नियम लागु गरिएको छ ।
पटना नगर निगमले सार्वजनिक स्थलमा पान, गुट्खा, सुर्तीजन्य पदार्थ खाएर जथाभावी थुक्नेविरुद्ध कारबाहीका लागि नयाँ नियम ल्याएको हो ।
नगर निगमका अधिकारीहरूका अनुसार सार्वजनिक स्थलमा थुक्दै गरेको अवस्थामा फेला पर्ने जोसुकैलाई तत्काल ५०० भारु जरिबाना तिराइने छ । यसका अतिरिक्त सहरका विभिन्न चोकमा जडान गरिएका ‘भेरिएबल म्यासेज डिस्प्ले’ क्रिनमा प्रदर्शन उसको तस्बिर प्रसारण गरिने भएको छ । त्यस्ता व्यक्तिलाई ‘नगरको शत्रु’ श्रेणीमा राख्ने निर्णयसमेत भएको छ ।
पटना स्मार्ट सिटी लिमिठेडका प्रबन्ध निर्देशक अनिमेष कुमार पराशरका अनुसार यस्तो अभियान सहरको सुन्दरता र सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राखेर सुरु गरिएको हो ।
विभिन्न स्थानमा राखेका सीसीटीभीबाट त्यस्ता मानिसको पहिचान गरी कारबाही अघि बढाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण