मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

कांग्रेस पार्टी कार्यालयमा लफडा, ‘चोर’बाटोबाट छिरे नेताहरू

मङ्गलबार, २२ पुस २०८२, १४ : ३१
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । 

प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई गाली गर्दै पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । 

बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन । आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए । 

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो ।

आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ ।

01-IMG_367602-IMG_3681_103-IMG_368304-IMG_3686_105-IMG_4240_106-IMG_4246_107-IMG_424708-IMG_425209-IMG_425510-IMG_4261_211-IMG_4263

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप