रास्वपाको सचिवालय बैठक : लिमा र सोविता अनुपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकमा कोषाध्यक्ष लिमा अधिकारी र सचिवालय सदस्य सोविता गौतम अनुपस्थित भएका छन् ।
सचिवालय सदस्य बसुमाया तामाङले बैठकमा आउनेबारे जानकारी दिएपनि मंगलबारकाे बैठकमा अनुपस्थित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार अधिकारी नेपाल बाहिर र गौतम कार्यक्रमका लागि झापा रहेकाले अनुपस्थित रहेका छन् । रास्वपाको सचिवालयमा पदाधिकारी सहित १२ जना सदस्य रहेका छन् ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुनेछ ।
यस्तै निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण