इरानमा सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३६ जनाको मृत्यु
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ, जसमा ३४ जना प्रदर्शनकारी र २ जना सुरक्षा बलका सदस्य छन्।
- इरानमा आर्थिक संकट र महँगीको विरोधमा देशभर प्रदर्शन भइरहेका छन्, जसमा २ हजार ७६ जना पक्राउ परेका छन्।
- इरानको अर्धसरकारी सञ्चार माध्यमका अनुसार, प्रदर्शनकारीहरूले एक प्रहरीलाई गोली हानेर हत्या गरेका छन्।
तेहरान । इरानमा हालैका दिनमा भएका सरकार विरोधी प्रर्दशनहरूमा दर्जनौँ मानिसको मृत्यु भएको छ । गएको १० दिनयता महँगी विरुद्ध देशभरमा भइरहेको विरोध प्रदर्शनमा कम्तीमा पनि ३६ जनाको मृत्यु भएको एचआरएएनए नाम गरेको मानव अधिकार समूहले बताएको हो । मर्नेमध्ये ३४ जना प्रदर्शनकारी भएको र २ जना सुरक्षा बलका मानिस भएको पुष्टि भएको बताइएको छ ।
इरानी अधिकारीहरूले अहिलेसम्म आधिकारिक रुपमा मर्नेको संख्या सार्वजनिक गरेको छैन । यद्यपि, तीन जना सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले भनेका छन् । बीबीसी पर्सियनले यी मृत्युको पुस्टी गरेको छ ।
२० जना मृतकको पहिचान पनि गरेको छ । १० दिनयता ६० भन्दा धेरै प्रदर्शनकारी घाइते भएको र २ हजार ७६ जना समातिएको पनि बताइएको छ । आर्थिक सङ्कट र महँगीको विरोधमा इरानमा ३१ मध्ये २७ प्रान्तमा विरोध प्रदर्शन भइरहेका छन् ।
पश्चिमी प्रान्तको इलमको मलेक्शाहीमा प्रदर्शनकारीहरूले एक प्रहरीलाई गोली हानेर हत्या गरेको मंगलबार साँझ इरानको अर्ध सरकारी सञ्चार माध्यमले भनेको थियो । प्रदर्शन चर्किँदै गएसँगै इलममा हालैका दिन अवस्था हिंस्रक बन्दै गएको छ ।
डिसेम्बर २८ यता इरानमा महँगी, खुला जारमा अमेरिकी डलरको तुलनामा इरानी मुद्राको भाउमा आएको तीव्र कमी र आर्थिक सङ्कट आदिको विरोधमा इरानीहरू सडकमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण