शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट दंगाल बने एमालेको उम्मेदवार

बुधबार, २३ पुस २०८२, ११ : ३६
बुधबार, २३ पुस २०८२

सारांश

  • नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि डा. प्रेमप्रसाद दंगाललाई उम्मेदवार बनाउने भएको छ।
  • डा. दंगाल बागमती प्रदेशतर्फको सिटबाट उम्मेदवार बन्ने भएका छन्, उनी पार्टीका केन्द्रीय सदस्य हुन्।
  • उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रिय किसान आयोगको अध्यक्ष भई काम गरिसकेका छन्।

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले डा. प्रेमप्रसाद दंगाललाई उम्मेदवार बनाउने भएको छ । बागमती प्रदेशतर्फको २ वटा सिटमध्ये एउटामा एमालेले डा.दंगाललाई उम्मेदवार बनाउने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका डा.दंगाल पार्टीका केन्द्रीय सदस्य समेत हुन् । नेपाली किसान आन्दोलनका रूपमा चिनिने डा. दंगालसँग राज्यका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव छ । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य तथा २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भई काम गरिसकेका छन् ।

वैचारिक नेताको पहिचान बनाएका दंगाल अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । निर्वाचन आयोगका अनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन गरी मंगलबार दाबी विरोध उपर छानबिन गरेर अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।

आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रम अनुसार डा.दंगालले बागमती प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेको हो । दंगाल उम्मेदवार बन्ने निश्चित भएकाले केही बेरमा हेटौँडा आएर मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप