खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनमा शीर्ष नेताहरूले भागबण्डा गरेको आरोप लगाए।
- उनले कांग्रेस र एमालेबीचको तालमेल व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा भएको बताए, नीतिगत नभएको दाबी गरे।
- थापाले उम्मेदवार चयनमा समावेशिताको मर्मलाई मिचिएको र जनजाति तथा मुस्लिम समुदायलाई बेवास्ता गरिएको गुनासो गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनमा शीर्ष नेताहरूले भागबण्डा गरी आफ्ना 'खल्तीका मान्छे' लाई अघि सारेको आरोप लगाएका छन्। बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले कांग्रेस र एमालेबीचको तालमेल नीतिगत नभई नेताहरूको व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा भएको दाबी गरे। दुवै पार्टीका नेताहरूले आफू निकट व्यक्तिलाई व्यवस्थापन गर्न मिल्ने गरी क्लस्टर बाँडफाँड गरेको उनको भनाइ छ।
कांग्रेसबाट प्रस्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहको कमिटीबाट सिफारिस नभएको खुलासा गर्दै थापाले यसलाई पद्धति र प्रक्रियाको अपमान भनेका छन्। जिल्ला र क्षेत्रीय समितिहरूले पठाएको सिफारिसको कुनै अर्थ नराखी केन्द्रबाटै नाम लादिएकोमा उनले आक्रोश व्यक्त गरे। उम्मेदवार चयन गर्दा समावेशिताको मर्मलाई समेत पूर्ण रूपमा कुल्चिएको उनले टिप्पणी गरे।
प्रस्तावित नौ जनाको सूचीमा एक जना पनि जनजाति समुदायको प्रतिनिधित्व नभएकोमा महामन्त्री थापाले विशेष असन्तुष्टि जनाएका छन्। अघिल्लो पटक मधेसी समुदायको प्रतिनिधित्व नजुट्दा फरक मत राखेर सच्याइएको स्मरण गर्दै उनले अहिले फेरि जनजाति र मुस्लिम समुदायलाई जानीजानी बाहिर राखिएको आरोप लगाए। मुस्लिम समुदायका योग्य व्यक्तिलाई अवसर दिन सकिने अवस्था हुँदाहुँदै नेताहरूले आफ्नो गोजीको मान्छे पार्नकै लागि सो क्लस्टर नै छाडेको उनको तर्क छ।
पार्टीभित्र पछिल्लो समय महामन्त्रीहरूलाई पाखा लगाउने र पेल्ने काम भइरहेको गुनासो गर्दै थापाले उम्मेदवार चयनको यो प्रक्रियामा आफ्नो र अर्का महामन्त्रीको स्पष्ट फरक मत रहेको बताए। राष्ट्रिय सभामा एमालेसँग गरिएको तालमेलको औचित्यमाथि प्रश्न उठाउँदै उनले यो निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र र विधि विधानलाई गम्भीर क्षति पुर्याएको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण