टिकटक क्लिपले विवाहेत्तर सम्बन्ध खुलेपछि ग्राहकले हाले रेस्टुरेन्टलाई मुद्दा
काठमाडौं । इटालियाको सिसिलियामा एक जना पुरुषले गोपनीयता हनन् गरेको भन्दै रेस्टुरेन्टविरुद्ध मुद्दा हालेका छन् । आफ्नो सहमति नलिई प्रमोसनल टिकटक भिडियोमा आफूलाई देखाएको र निजी जीवनमा असर पारेको भन्दै उनले रेस्टुरेन्टविरुद्ध मुद्दा दायर गरेका हुन् ।
यसमा रोचक के छ भने मुद्दा दर्ता गर्ने ती पुरुषकी श्रीमतीले उक्त भिडियो क्लिप देखेपछि उनीसँग सम्बन्ध तोडेकी छन् । भिडियोमा ती पुरुष अरु कुनै महिलासँग देखिन्छन् । श्रीमानको विश्वासघातको प्रमाणको रूपमा उनकी श्रीमतीले सोही भिडियो क्लिपलाई प्रयोग गरिन् । त्यसपछि उनले श्रीमानसँग सम्बन्ध तोड्ने निर्णय गरिन् र उनलाई घरबाटै निकालिदिइन् ।
त्यसपछि बुझ्दै जाँदा ४२ वर्षीय ती पुरुषले रेस्टुरेन्टले बनाएको टिकटकको प्रमोसनल भिडियोबारे थाहा पाए, अनि उनी कानुनी उपचारमा जाने निधोमा पुगे । उक्त रेस्टुरेन्टले आफ्नो गोपनीयताको अधिकार हनन् गरेको भन्दै उनले मुद्दा दायर गरे । उनलाई कानुनी लडाइँमा साथ दिइरहेको इटालियन उपभोक्ता संरक्षण संघले रेस्टुरेन्ट स्पष्ट रूपमा गलत भएको दाबी गरेको छ ।
कुनै ग्राहकसँग अनुमति नलिई उसको भिडियो खिच्नु अनि त्यसलाई सार्वजनिक गर्ने कार्य अस्वीकार्य भएको संघका प्रवक्ता फ्रान्सेस्को तानासीले बताएका छन् । यस्ता गतिविधिले व्यक्तिको निजी र पारिवारिक जीवनमा गम्भीर असर पार्ने उनले बताएका छन् । ती पुरुषले आफ्नो गोपनीयता उल्लंघन गरेको भन्दै रेस्टुरेन्टसँग क्षतिपूर्ति माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण