प्रिमियर लिग
बर्नलीसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
बिहीबार, २४ पुस २०८२, ०४ : ३६
सारांश
- म्यानचेस्टर युनाइटेड र बर्नली बीचको खेल २-२ को बराबरीमा टुंगियो।
- बर्नलीले सुरुमा अग्रता लिए पनि म्यान युनाइटेडले दुई गोल फर्कायो।
- अन्तिम समयमा बर्नलीले गोल फर्काएर खेल बराबरीमा ल्यायो।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलेको बर्नलीले सुरुआतमै अग्रता बनाउँदै खेललाई प्रतिस्पर्धात्मक बनायो ।
खेलको १३ औँ मिनेटमा म्यान युनाइटेडका आयडेन हेभनबाट भएको आत्मघाती गोलका कारण बर्नलीले पहिलो गोलको स्वाद पायो । दोस्रो हाफमा युनाइटेडले खेलमा पकड जमाउँदै बेन्जामिन सेश्कोले ५० औँ र ६०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
तर खेल सकिन केही समय बाँकी रहँदा बर्नलीले पुनरागमन गर्दै ६६औँ मिनेटमा एन्थोनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
-
पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
-
कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त
-
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण