कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिका लागि काठमाडौँका होटेलमा १५ सय रुम बुक
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूलाई राख्न काठमाडौँका विभिन्न होटेलमा १५ सय रुम बुक गरेको छ।
ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा प्रतिनिधिहरूको आवास तथा खानपानको व्यवस्था गरिएको आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
उनले आ–आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिहरूलाई समन्वय गरेर होटेलमा बस्ने व्यवस्था मिलाइएको र महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए ।
धमलाले प्रत्येक निर्वाचन क्षेत्रको लागि ‘पोलिटिकल फोकल पर्सन’ तोकिने बताए ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गरिने घोषणा गर्दै प्रतिनिधिहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
तर, पार्टीका संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको र यसले आवश्यक नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण