यस्तो छ बालेन, हर्क र रेनु उठ्ने क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा चुनावको अंकगणित
काठमाडौँ । स्थानीय सरकार हाँकिरहेका तीन ठुला सहरका मेयरहरु आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने तयारीमा छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ चुनाव लड्ने पक्का भइसकेको छ ।
बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीकै रुपमा अगाडि सारेको छ । यस्तै मेयर दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्ने तयारीमा छन् । धरानका मेयर राई भने श्रम संस्कृति पार्टीका अध्यक्ष नै हुन् ।
उनले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । मेयर दाहालले चितवन क्षेत्र नम्बर ३ मा तयारी गर्दा काठमाडौँका मेयर बालेनले आफ्नो निर्वाचन क्षेत्र तोकिसकेका छैनन् । यद्यपि उनी काठमाडौँ-२ बाट निर्वाचन लड्ने प्रबल सम्भावना रहेको छ ।
यसकै आधारमा तीन मेयरहरुको सम्भावित निर्वाचन क्षेत्रमा हामीले २०७९ को प्रतिनिधिसभा चुनावमा आएको मतपरिणामको अंक गणित केलाएका छौँ । जसमा उच्च मत आउने पार्टी र उम्मेदवारहरूको विवरण छ ।
काठमाडौँ-२ मा बालेनलाई सहज
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन लड्ने सम्भावित क्षेत्र काठमाडौँ-२ मा २०७९ को निर्वाचनमा रास्वपाबाट सोविता गौतम विजयी भएकी थिइन् । अहिले रास्वपामा विवेकशील साझा समेत समाहित भइसकेको छ ।
२०७९ को निर्वाचनमा रास्वपाकी सोविता गौतम १५ हजार २३८ मतका साथ विजयी भएकी थिइन् । यो क्षेत्रमा रास्वपाको ‘घण्टी’ चिह्नप्रति मतदाताको आकर्षण स्थापित भइसकेको देखिन्छ । बालेन शाह आफैँमा एक ‘ब्रान्ड’ हुन् र उनी रास्वपाबाट चुनाव लड्दा सोविता गौतमले पाएको १५ हजारको आधारभूत मतमा उल्लेख्य वृद्धि हुने देखिन्छ ।
२०७९ मा विवेकशील साझाका उम्मेदवारले मात्र २०२ मत पाएको देखिए पनि काठमाडौँमा विवेकशीलको एउटा बौद्धिक र संगठनात्मक सञ्जाल छ । रास्वपामा विवेकशील साझा समाहित हुनुले संगठन विस्तार र चुनाव परिचालनमा थप मद्दत पुग्नेछ । काठमाडौं-२ मा एमाले र राप्रपाको चुनौती रास्वपालाई देखिन्छ । २०७९ मा एमालेका मणिराम फुयाल ११ हजार ५६६ र राप्रपाकी कुन्ती पोखरेलले ११ हजार २४ मत ल्याएकी थिइन् । यद्यपि यो क्षेत्रबाट बालेन उम्मेदवार बनेमा ‘कोर’ बाहेकका ’फ्लोटिङ’ मतहरू बालेनतर्फ नआउला भन्न सकिँदैन ।

२०७९ मा यो क्षेत्रमा कांग्रेस र माओवादीको पनि गठबन्धन थियो । माओवादी केन्द्रकी ओनसरी घर्तीले पाएको ९ हजार ४५९ मत तत्कालीन गठबन्धनको थियो । अबको निर्वाचनमा गठबन्धनको स्वरूप फेरिन सक्ने भएकाले यो मत तितरबितर हुनसक्छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (प्रतिनिधि सभा, २०७९)
|
स्थान |
उम्मेदवारको नाम |
राजनीतिक दल / स्वतन्त्र |
चुनाव चिन्ह |
प्राप्त मत |
|
१ |
सोबिता गौतम |
राष्ट्रिय स्वतन्त्र पार्टी |
घण्टी |
१५,२३८ (विजयी) |
|
२ |
मणिराम फुयाल |
नेकपा (एमाले) |
सूर्य |
११,५६६ |
|
३ |
कुन्ती देवी पोखरेल |
राष्ट्रिय प्रजातन्त्र पार्टी |
हलो |
११,०२४ |
|
४ |
ओनसरी घर्ती |
नेकपा (माओवादी केन्द्र) |
हँसिया हथौडा |
९,४५९ |
|
५ |
पुण्यप्रसाद प्रसाई |
सचेत नेपाली पार्टी |
बच्चा काखमा लिएकी आमा |
९४९ |
|
६ |
कोषराज सुवेदी |
हाम्रो नेपाली पार्टी |
लौरो |
६३३ |
|
७ |
अनुप बोहोरा |
स्वतन्त्र |
क्रस खुकुरी |
२४२ |
|
८ |
अनिल श्रेष्ठ |
नेपाल मजदुर किसान पार्टी |
मादल |
२३६ |
|
९ |
काशीराज पुडासैनी |
स्वतन्त्र |
सिरिञ्ज |
२१८ |
|
१० |
धनेज थापा |
विवेकशील साझा पार्टी |
तराजु |
२०२ |
हर्कलाई ‘स्वतन्त्र’को डर, स्वतन्त्रकै भर
धरान उपमहानगरपालिकामा हर्कराज राई साम्पाङ स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेर मेयरमा विजयी भएका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने निश्चित गरेका छन् । यस अगाडिको निर्वाचनमा उनले कसैलाई समर्थन गरेको देखिँदैन । तर उनको क्रेज राम्रै देखिन्छ ।
२०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा अत्यन्तै रोचक र त्रिपक्षीय जस्तो देखिएको थियो । एमाले- जसपा नेपालका गठबन्धनका अशोककुमार राई १७ हजार ५९ मत पाएर विजयी भएका थिए । यस्तै रास्वपाकी गोमा तामाङले १६ हजार ६ सय ६ मत ल्याएकी थिइन् । उनी जम्मा ४५३ मतको अन्तरले मात्रै पराजित भएकी थिइन् । यस्तै कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए ।
सुनसरी-१ मा स्वतन्त्र उम्मेदवारहरूको मत जोड्दा ठुलो हिस्सा देखिन्छ । एमालेबाट विद्रोह गरेर बागी उठेका मनोजकुमार मेयाङ्बोले ७ हजार ८१२ मत ल्याएका थिए । यस्तै स्वतन्त्र रुपमा उठेका तर्कबहादुर मगर ३ हजार ८१८, कुमार कार्कीले १ हजार ८६४ मत र मातृकाप्रसाद भट्टराई १ हजार ७६० मत ल्याएका थिए । सञ्जयकुमार राई ले पनि ३६७ मत स्वतन्त्र उठेर ल्याएका थिए । २०७९ को निर्वाचनमा सुनसरी-१ मा स्वतन्त्र उम्मेदवारले पाएको कुल मत १५ हजार भन्दा बढी देखिन्छ ।
हर्क साम्पाङ आफैँ स्वतन्त्र अभियानबाट उदाएका नेता भएकाले र धरान उपमहानगर सिंगो नै सुनसरी-१ मा पर्ने हुँदा १५ हजार भन्दा बढी स्वतन्त्र मतहरू उनको मुख्य आधार क्षेत्र बन्न सक्छन् ।
वैकल्पिक मतको विभाजन डर
२०७९ मा रास्वपाकी गोमा तामाङले पाएको १६ हजार ६०६ मत परम्परागत राजनीतिक दलहरूप्रतिको वितृष्णा र ‘विकल्प’ को खोजी थियो । तर यो मत अब बालेन र कुलमान रास्वपामा मिसिँदा बढ्छ कि हर्क साम्पाङ मैदानमा उत्रिँदा घट्छ भन्ने मुख्य देखिन्छ । धरानमा हर्क साम्पाङको व्यक्तिगत प्रभाव बलियो भएकाले रास्वपाको ठुलो हिस्साको मत हर्कतर्फ आकर्षित हुन सक्ने सम्भावना पनि हुन्छ । जेनजी आन्दोलनपछि रास्वपामा देखिएको उत्साह र चर्चित अनुहारले मत बढ्न पनि सक्छ । त्यसैले यसलाई सजिलै आँकलन गर्न सक्ने स्थिति छैन ।
_SN3Ehnqyfi.jpg)
सुनसरी क्षेत्र नम्बर १ मा राई, लिम्बू र अन्य जनजाति समुदायको बाहुल्यता छ । हर्क साम्पाङले ‘श्रम’ र ‘स्थानीय विकास’ सँगै जातीय र सांस्कृतिक पहिचानलाई पनि जोड्न सकेमा जसपा र राप्रपाले पाएका केही मतहरू पनि उनले तान्न सक्ने सम्भावना रहन्छ ।
हर्क साम्पाङका लागि चुनौती र अवसर दुवै रास्वपा र स्वतन्त्र मत नै देखिन्छ । स्वतन्त्र र रास्वपाको मत जोड्दा करिब ३२ हजार हुन्छ, जुन जितका लागि पर्याप्त देखिएको छ । हर्क साम्पाङले स्वतन्त्र मत सबै पाउँदा पनि रास्वपाको मत आवश्यक पर्ने देखिन्छ ।
हर्कलाई एमाले, कांग्रेस र माओवादीको ‘कोर भोट’लाई काट्नु उनका लागि कठिन हुनेछ । २०७९ को तथ्यांकले के देखाउँछ भने सुनसरी क्षेत्र नम्बर १ का मतदाता ‘नयाँ विकल्प’ का लागि तयार छन् । तर त्यो रास्वपा हुन्छ कि हर्क साम्पाङ हुन्छन् भन्ने देखिन्छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ (प्रतिनिधिसभा, २०७९)
|
स्थान |
उम्मेदवारको नाम |
राजनीतिक दल / स्वतन्त्र |
चुनाव चिन्ह |
प्राप्त मत |
|
१ |
अशोककुमार राई |
जनता समाजवादी पार्टी, नेपाल |
छाता |
१७,०५९ (विजयी) |
|
२ |
गोमा तामाङ |
राष्ट्रिय स्वतन्त्र पार्टी |
घण्टी |
१६,६०६ |
|
३ |
मुक्सामहाङ सुब्बा |
नेकपा (माओवादी केन्द्र) |
हँसिया हथौडा |
१३,०८७ |
|
४ |
अशोककुमार राई |
राष्ट्रिय प्रजातन्त्र पार्टी |
हलो |
७,८८४ |
|
५ |
मनोज कुमार मेयाङ्बो |
स्वतन्त्र |
खरायो |
७,८१२ |
|
६ |
तर्कबहादुर मगर |
स्वतन्त्र |
पानीको जार |
३,८१८ |
|
७ |
कुमार कार्की |
स्वतन्त्र |
घण्टाघर |
१,८६४ |
|
८ |
मातृकाप्रसाद भट्टराई |
स्वतन्त्र |
सूर्यमुखी फूल |
१,७६० |
|
९ |
सरस्वती सुब्बा |
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च |
खुकुरी |
७१५ |
|
१० |
सञ्जयकुमार राई |
स्वतन्त्र |
सेलरोटीको चाङ |
३६७ |
रेनुलाई व्यक्तिगत मतको आश
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि आगामी फागुन २१ को निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्नेछिन् । यो पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत अन्य साना कम्युनिस्ट पार्टीहरु मिलेर बनेको छ । भरतपुरमा विकासप्रेमी नगर प्रमुखको छवि बनाएकी रेनु दाहाललाई २०७९ मा निर्वाचन परिणामको आधारमा आगामी निर्वाचनमा सहज भने देखिँदैन ।
२०७९ मा माओवादीले कांग्रेसको गठबन्धनको सहयोगमा करिब २६ हजार मत ल्याएको थियो । तर कांग्रेसका नेता दिनेश कोइराला बागी उम्मेदवार बनेका थिए । अहिले रेनलाई एकीकृत समाजवादीको थोरै भएपनि मत थपिन सक्छ । रेनु दाहालको सबैभन्दा ठुलो शक्ति भनेको भरतपुर महानगरको मेयरका रूपमा उनले गरेको ‘विकास’ हो । उनले प्रशासनिक र पूर्वाधार विकासमा सफल छवि बनाएकी छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना र बलिया दलले उम्मेदवार नउठाउँदा यो पटक चितवन-३ ले निर्वाचनमा कस्तो रंग ल्याउन भन्न सजिलो भने देखिँदैन ।
मुख्य चुनौती नै पाण्डे र रास्वपा
२०७९ को तथ्यांक हेर्ने हो भने राप्रपाका विक्रम पाण्डेले ३५ हजार भन्दा बढी मत ल्याएर जितेका थिए । उनी यस क्षेत्रका पुराना र प्रभावशाली नेता हुन् । रेनु दाहालका लागि पाण्डेको मत काट्नु नै मुख्य चुनौती हुनेछ ।
त्यस बाहेक रास्वपाले अघिल्लो पटक करिब १५ हजार मत ल्याएको थियो । चितवन रास्वपाको बलियो पकड भएको क्षेत्र हो । २०७९ मा यो क्षेत्र बाहेक अरु दुवै क्षेत्र रास्वपाले जितेको थियो । यदि रास्वपाले सशक्त उम्मेदवार उठाएमा त्यसले परिवर्तन चाहने युवा मत काट्न सक्छ । जसको प्रत्यक्ष असर रेनु दाहाललाई पर्न सक्छ ।
२०७९ सालमा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार मत ल्याएका थिए । यद्यपि उनलाई एमालेको समर्थन पनि थियो । आगामी निर्वाचनमा कांग्रेसको आधिकारिक मत र एमालेको मत कता जान्छ भन्ने कुराले रेनुको जितहारलाई असर पर्ने देखिन्छ ।
आफ्नै कार्यक्षेत्र भरतपुर महानगर लगायतमा चुनाव लड्नु र व्यक्तिगत लोकप्रियता उच्च हुनु रेनुको बलियो पक्ष हो भने राप्रपाका विक्रम पाण्डेको बलियो पकड र रास्वपाको बढ्दो क्रेज उनको लागि चुनौती झैँ देखिन्छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ (प्रतिनिधि सभा, २०७९)
|
स्थान |
उम्मेदवारको नाम |
राजनीतिक दल / स्वतन्त्र |
चुनाव चिन्ह |
प्राप्त मत |
|
१ |
विक्रम पाण्डे |
राष्ट्रिय प्रजातन्त्र पार्टी |
हलो |
३५,०६० (विजयी) |
|
२ |
भोजराज अधिकारी |
नेकपा (माओवादी केन्द्र) |
हँसिया हथौडा |
२५,८२४ |
|
३ |
जिता बराल |
राष्ट्रिय स्वतन्त्र पार्टी |
घण्टी |
१४,८४३ |
|
४ |
दिनेश कोइराला |
स्वतन्त्र |
माछा |
१२,२७५ |
|
५ |
फैन्द्रजंग गुरुङ |
मंगोल नेशनल अर्गनाइजेसन |
कुखुराको भाले |
४८६ |
|
६ |
जगन्नाथ पौडेल |
स्वतन्त्र |
सूर्यमुखी फूल |
३७३ |
|
७ |
नवराज घले |
राष्ट्रिय नागरिक पार्टी |
चङ्गा |
१४९ |
|
८ |
बासुदेव सापकोटा |
स्वतन्त्र |
सिरिञ्ज |
८८ |
|
९ |
काशिम मिया |
जनता समाजवादी पार्टी, नेपाल |
छाता |
७९ |
|
१० |
ताराप्रसाद पौडेल |
स्वतन्त्र |
चापाकल |
७४ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण