निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोगका तीन रणनीति
सारांश
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका लागि तीन रणनीति अपनाएको छ।
- आयोगले आचारसंहिता उल्लङ्घन भए सचेत गराउने र नभए दण्डात्मक व्यवस्था गर्ने बताएको छ।
- आयोगले माघको पहिलो हप्ताबाट निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका लागि तीन वटा रणनीति अपनाएको बताएको छ ।
शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ को निर्वाचनका लागि तयार पारिएको निर्वाचन आचारसंहितामा कडाइका साथ लागू गर्ने दाबी गरेको हो ।
‘पहिलो आचारसंहिताबारे प्रभावकारी प्रचारप्रसार, दोस्रो, कार्यान्वयनमाथि स्वमूल्याङ्कन र स्वनियमनको विधि अपनाइन्छ’, प्रवक्ता भट्टराईले भने, ‘आचारसंहिता उल्लङ्घन भएमा पहिला सचेत गराउने । सचेत नभएमा दण्डात्मक व्यवस्था गरेको छ ।’
निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु हुनुभन्दा अघि नै केन्द्रीय अनुगमन समितिको बैठक बसेको तथा दलहरूसँग समेत छलफल भएकाले आचारसंहिता कार्यान्वयनका सवालमा जिम्मेवार पक्ष पनि सचेत हुन जरुरी रहेको बताएको छ । आयोगले माघ पहिलो साताबाट निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशनबारे सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले दलहरूको आन्तरिक विषयमा आयोगले हस्तक्षेप नगर्ने जानकारी दिए ।
‘दलहरूलाई नजिकबाट अध्ययन गर्ने कुरा आयोगको जिम्मेवारीकै कुरा हो । तर अहिले कांग्रेसको सवालमा आयोगले हस्तक्षेप गर्नुपर्ने अवस्था छैन’, प्रवक्ता भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण