हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने
काठमाडौँ । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘हिमालयन च्यालेन्जर्स यू १८ फिडे रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल चेसमा छनोट गरिएका प्रतिभावान् २४ खेलाडीले आइतबारदेखि नौ दिन प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ जिल्ला चेस सङ्घसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘नेपालमा २५ मिनेटसम्म खेल्ने र्यापिड र ब्लिजका प्रतियोगिता अत्यधिक हुने गरेको छ । तर, खेलाडी उत्पादन र स्तर मापनका लागि महत्त्वपूर्ण मानिएको क्लासिकल चेसको प्रतियोगिता विरलै आयोजना गरिन्छ । त्यसैले हामी वास्तविक चेसको रुपमा लिइने क्लासिकल प्रतियोगिता आयोजना गर्दै युवा खेलाडीको स्तरोन्नति गर्न चाहन्छौँ ।’
हिमालयन च्यालेन्जर्स काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीमा रहेको एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन गरिनेछ ।
९ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुनेछ । प्रत्येक खेलाडीले ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय पाउनेछन् । खेलाडीलाई प्रत्येक जितमा १ हजार र बराबरीमा ४ सय रुपैयाँ पुरस्कार दिइनेछ ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्डस, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले हिमालयन च्यालेन्जर्स क्लासिकल चेस उनको ११ औँ प्रतियोगिता हुनेछ ।
चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ ।
स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौँमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण