इरानमा सरकारविरोधी प्रदर्शनः कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ।
- सुरक्षा बलले गोली चलाउँदा अधिकांश प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
- इरानी सरकारले प्रदर्शन रोक्न इन्टरनेट र फोन सेवा बन्द गरेको छ।
तेहरान । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
टाइम म्यागजिनले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
रिपोर्टअनुसार राजधानी तेहरानका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता भएको छ, जसमध्ये अधिकांशको गोली लागेर मृत्यु भएको छ । सुरक्षा बलले बिहीबार राति प्रदर्शन चर्किएपछि धेरै ठाउँमा गोली चलाएको थियो र त्यसयता लगातार कारबाही जारी छ ।
यसैबिच रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सरकारी टेलिभिजनमार्फत बोल्दै आमाबाबुलाई आफ्ना बालबालिकालाई प्रदर्शनबाट टाढा राख्न चेतावनी दिएका छन् । उनले उनीहरूलाई गोली लाग्यो भने गुनासो नगर्न पनि भनेका छन् ।
सरकार प्रदर्शन रोक्न पूरै शक्ति प्रयोग गर्दै
रिपोर्टका अनुसार सुरुका केही दिनसम्म सरकारले कस्तो अडान लिनेछ भन्ने स्पष्ट थिएन । दंगा नियन्त्रण प्रहरीका एक अधिकारीले नै सुरक्षा बलहरू अन्योलमा रहेको बताएका थिए । कसैलाई पनि अगाडि के हुनेछ भन्ने थाहा थिएन, तर शुक्रबार सार्वजनिक भएका रक्तपातपूर्ण तस्बिरहरू र कडा बयानहरूले अब सरकारले पूर्ण शक्तिको प्रयोग गरिरहेको स्पष्ट पारेको छ ।
सरकारले प्रदर्शन रोक्न पूरै शक्ति लगाइरहेको छ । यसअघि सरकारले देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रदर्शनकारी मारिएमा इरानी सरकारले यसको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण