एफए कपमा नन–लिग टोली म्याक्ल्सफिल्डको ऐतिहासिक उलटफेर, साविक विजेता क्रिस्टल प्यालेस स्तब्ध
सारांश
- म्याक्ल्सफिल्डले एफए कपमा क्रिस्टल प्यालेसलाई हराएर ठूलो उलटफेर गर्यो।
- म्याक्ल्सफिल्डका कप्तान पल डसन र आइज्याक बकली-रिकेट्सले गोल गरे, प्यालेसका लागि येरेमी पिनोले एक गोल फर्काए।
- एफए कपको इतिहासमा नन-लिग टोलीले शीर्ष डिभिजनको टोलीलाई हराएको यो नवौँ पटक हो, म्याक्ल्सफिल्डको लागि यो भावनात्मक जित थियो।
लण्डन । नन–लिग टोली म्याक्ल्सफिल्डले एफए कपको इतिहासमै सबैभन्दा ठुलो र अविष्मरणीय उलटफेर गरेको छ। लिग वरीयतामा आफूभन्दा ११७ स्थान माथि रहेको प्रिमियर लिग क्लब तथा एफए कपको साविक विजेता क्रिस्टल प्यालेसलाई पराजित गर्दै म्याक्ल्सफिल्डले विश्व फुटबललाई नै चकित पारेको हो ।
खेलको पहिलो हाफमा म्याक्ल्सफिल्डका कप्तान पल डसनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै घरेलु समर्थकलाई खुसी दिलाए । दोस्रो हाफमा आइज्याक बकली–रिकेट्सले अर्को गोल थपेपछि प्यालेस थप दबाबमा परेको थियो।
इन्जुरी समयमा प्यालेसका येरेमी पिनोले फ्री–किकमार्फत एक गोल फर्काउँदै खेलमा फर्कने सङ्केत गरे पनि म्याक्ल्सफिल्डले आफ्नो रक्षापङ्क्ति बलियो राख्दै ऐतिहासिक जित पक्का गर्यो। गत मे महिनामा म्यानचेस्टर सिटीलाई हराएर एफए कप जितेको प्यालेसका लागि यो हार निकै लज्जास्पद सावित भएको छ।
प्यालेसले पछिल्ला ९ खेलमा कुनै जित निकाल्न सकेको छैन। म्याक्ल्सफिल्ड विरुद्धको खेलमा प्यालेसले अनुभवी र युवा खेलाडीको समिश्रण उतारे पनि गोल गर्न संघर्ष गरिरह्यो।
दोस्रो हाफमा प्रशिक्षक ओलिभर ग्लास्नरले टायरिक मिचेल, जोन्सन र विल ह्युज जस्ता अनुभवी खेलाडीलाई मैदान छिराए पनि नन(लिग टोलीको आत्मविश्वास तोड्न सकेनन् । खेल सकिने बित्तिकै हजारौँ समर्थकहरू मैदानमा ओर्लिएर खुसीयाली मनाएका थिए।
एफए कपको पछिल्लो १०० वर्षको इतिहासमा नन–लिग टोलीले शीर्ष डिभिजनको टोलीलाई हराएको यो केवल नवौँ पटक हो । सन् २०२० मा आर्थिक संकटका कारण अस्तित्व नै मेटिने अवस्थामा पुगेको म्याक्ल्सफिल्डका लागि यो जित भावनात्मक रूपमा पनि निकै महत्त्वपूर्ण छ।
१४६ वर्षको इतिहास बोकेको यो क्लबले पुनरागमन गर्दै सिर्जना गरेको यो नतिजालाई फुटबल इतिहासमा सधैँ सम्झिइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण