एलेप्पोबाट बाहिरिए कुर्दिश सशस्त्र समूहका सबै लडाकु
सारांश
- एलेप्पोबाट कुर्दिश लडाकु समूहको अन्तिम टोली बाहिरियो।
- युद्धविरामपछि सशस्त्र लडाकुलाई सहर छाड्न ६ घण्टाको समय दिइएको थियो।
- एसडीएफका नेता मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा सम्झौता भएको बताए।
दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश लडाकु समूहको अन्तिम टोली पनि बाहिरिएको छ । आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र लडाकुलाई सहर छाडेर जान ६ घण्टाको समय दिएपछि एक पछि अर्को गर्दै कुर्दिश लडाकुहरू बाहिरिन थालेका थिए ।
कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ)का नेता मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा सम्झौता भएको बताएका छन् । उक्त सम्झौताका कारण सहिद, घाइते, अलपत्र परेका सर्वसाधारण र लडाकुहरूको सुरक्षित बहिर्गमन गर्न सहज भएको अब्दीको भनाइ छ ।
बाँकी रहेका एसडीएफका लडाकुहरू बोकेका बस कुर्दिश बाहुल्यता भएको शेख मकसुद क्षेत्रबाट बाहिरिएको देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिरिया सरकारमा कुर्दसलाई समायोजन गर्ने वार्ता गतिहीन बनेपछि एलेप्पोमा गत हप्ताको सुरुमा पछिल्लो लडाइँ सुरु भएको थियो ।
त्यहाँ भड्किएको पछिल्लो हिंसामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने दसौँ हजार सर्वसाधारण शेख मकसुद र अशिरफीह छाडेर भाग्न बाध्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण