राजनीतिक दल
कांग्रेस विशेष महाधिवेशनमा आएका प्रतिनिधिहरू के भन्छन् ? (भिडियो)
आइतबार, २७ पुस २०८२, १९ : ०४
काठमाडौं । आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा रातोपाटी टिम पुग्दा भेटिएका नेता-कार्यकर्ताहरूमा निकै उत्साह देखिन्थ्यो । उनीहरूले भन्दैथिए- विशेष महाधिवेशनबाट हामी कांग्रेसको नीति पनि फेर्छैं, नेता पनि ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेसले नीति र नेता बदल्ने उद्घोष गरे । उनले कांग्रेसभित्र सत्ताको संघर्ष नभएर विचारको संघर्ष भइरहेको बताए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई टुक्राएर होइन, सिंगो पार्टी र देशको नेतृत्व गर्नेगरी अघि बढ्ने बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा जेनजी उमेरकादेखि वृद्ध उमेरका नेता-कार्यकर्तासम्म सक्रिय सहभागी छन् ।
विस्तृत भिडियोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण