गगन र विश्वप्रकाशसँग वार्ता गर्न खड्का र लेखकलाई जिम्मा
सोमबार, २८ पुस २०८२, ११ : ०१
२
सारांश
- गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन सुरु भएपछि देउवा पक्षले छलफलको प्रयास गरेको छ।
- देउवा पक्षले पूर्णबहादुर खड्का र रमेश लेखकलाई थापा र शर्मासँग संवाद गर्न खटाएको छ।
- खड्का र लेखकको पटकपटकको प्रयासपछि पनि छलफल हुन सकेको छैन, भने शर्मा भने महाधिवेशन स्थलमा पुगिसकेका छन्।
काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बोलाएको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै सभापति शेरबहादुर देउवा पक्षले थापा र शर्मासँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी दिएको छ ।
सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलका लागि खटाइएको हो ।
खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरेपनि छलफल हुन नसकेको बताइएको छ ।
भृकुटीमण्डपमा बन्दसत्र सुरु भइसकेको छ। बन्दसत्रमा सहभागी हुन महामन्त्री शर्मा महाधिवेशनस्थल पुगिसकेपनि थापा भने यो समाचार तयार पार्दासम्म पुगिसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण