बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस कार्यवाहक सभापतिको निवास क्षेत्रमा बढाइयो सुरक्षा

सोमबार, २८ पुस २०८२, १५ : ४८
सोमबार, २८ पुस २०८२

सारांश

  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा सुरक्षा बढाइएको छ।
  • बुढानीलकण्ठ नगरपालिकामा खड्काको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
  • कांग्रेसको विशेष महाधिवेशनमा सुरक्षा सतर्कताका कारण सुरक्षाकर्मी थपिएका हुन्।

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।

सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘पूर्व सावधानी अपनाएर उहाँको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।’ खड्का पूर्व उपप्रधानमन्त्री समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप