गगन-विश्वप्रकाश अघि बढेपछि शेखरले गरे आफू निकटस्थसँग छलफल
सारांश
- गगन थापा र विश्वप्रकाश शर्माले बहुमतको समर्थन पाएपछि शेखर कोइरालाले पार्टी एकताको लागि छलफल गरे।
- कोइरालाले आफ्ना पक्षका नेताहरूसँग पार्टीलाई एकताबद्ध बनाउने उपायबारे छलफल गरे।
- छलफलमा शीर्ष तहमा वार्ता र संवादको वातावरण बनाउन जोड दिइएको थियो।
काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बहुमत महाधिवेशन प्रतिनिधिको साथ पाएर अघि बढेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै आफूनिकटस्थसँग छलफल गरेका छन् । कोइरालाले आफू पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र कानुनविद्हरूसँग सोमबार बिहान राजधानीमा छलफल गरेका हुन् ।
नेता मीनेन्द्र रिजालका अनुसार, पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ र विद्यमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेरछलफल भएको बताए। छलफलमा सहभागी नेताहरूले शीर्ष तहमा वार्ता र संवादको वातावरण बनाएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा विशेष गरी पार्टीको आन्तरिक एकता कायम गर्नका लागि शीर्ष तहका नेताहरूबीच वार्ताको पहल गर्ने र साझा धारणा बनाउने विषयमा सहमति भएको छ ।
नेता रिजालले पार्टी एकताका लागि यो छलफल एक महत्त्वपूर्ण कदम भएको र यसले पार्टीभित्रको असमझदारी हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण