विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको अन्तरिम सभापति बन्ने !
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुनेछ।
- महाधिवेशनले नयाँ नेतृत्व चयन र विधान संशोधन गर्न सक्नेछ, जसमा समितिहरू विघटन हुनेछन्।
- विशेष महाधिवेशनले निर्वाचन समिति गठन गर्नेछ र वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि समिति चयन हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गरिने भएको छ ।
महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ ।
त्यसपछि विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ ।
कार्यविधिमा निर्वाचन सम्बन्धी व्यवस्था समेत उल्लेख छ । जसमा विधानको धारा १७ को उपधारा १ अनुसार नियमित महाधविेशन सम्पन्न नहुँदासम्मका लागि विधानको धारा १६ को १ बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकार भित्र रही महाधिवेशन प्रतिनिधिहरुले विधानको धारा २१ बमोजिम केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।
यो व्यवस्था अनुसार हलको निर्णयका आधारमा महामन्त्री गगन थापा सभापति सहितको केन्द्रीय समिति वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ । कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख अन्तिम सातालाई तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण