विश्वप्रकाशको प्रतिवेदन : सुशासनमा कहाँ चुक्यो कांग्रेस, कसरी स्थापित गर्ने ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कडा कानुन र बलिया निकाय बने पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन् । सोमबार भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरेको शर्माको प्रतिवेदनमा बलिया निकाय बनेर पनि अपेक्षित गतिमा सुशासन स्थापित हुन नसकेको स्विकारेका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान ऐन’ २०४८ मा कांग्रेसकै नेतृत्वमा देशले पाएको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ मा र मुलुकी अपराध संहिता २०७४ मा कांग्रेस नेतृत्वकै सरकारले निर्माण गरेको थियो । कडा कानुन र बलिया निकाय बने पनि भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन, मुलुकमा अपेक्षित गतिमा सुशासन स्थापित हुन सकेको छैन’, प्रतिवेदनमा भनिएको छ ।
विगतका आन्दोलनहरुले शासन प्रणाली कस्तो हुने भन्ने विषयलाई केन्द्रमा राखेकाले त्यस अनुरुप लोकतान्त्रिक शासन प्रणाली देशमा स्थापित भएको उनको निष्कर्ष छ । जेनजी प्रदर्शनले त्यो प्रणालीभित्र मुख्य रूपमा सुशासन खोजेको उल्लेख गर्दै उनले नवयुवाहरुको यो उद्घोष, संकल्प र सपना सबैको साझा दायित्व हुनुपर्ने स्पष्ट पारेका छन् ।
शर्माले सुशासनमा कांग्रेस कहाँ चुक्यो र कसरी स्थापित गर्ने भन्ने विषयमा ७ बुँदामा व्याख्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण