उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने
सारांश
- उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ।
- उज्यालो नेपालका २१ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्ने तयारी भइरहेको छ।
- रास्वपाले नाम हटाएपछि, उज्यालो नेपालका १७ जनासहित राष्ट्रिय परिवर्तन पार्टीले सूची अद्यावधिक गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने गरी छलफल भएको जानकारी दिए ।
उनका अनुसार उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्ने गरी तयारी भएको छ । उनले भने, ‘राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा उज्यालो नेपालका २१ जनाको नाम समावेश गराउने र पछि पार्टी एकता गर्ने गरी छलफल अघि बढी रहेको छ । आज नै उक्त विषयमा टुङ्ग्याउने गरी छलफल भइरहेको छ ।’
रास्वपाले उज्यालोबाट समानुपातिक सूची परेका अधिकांशको नाम हटाए र आइतबार नै अद्यावधिक गरिसकेको छ । रास्वपाले उनीहरूको नाम हटाएसँगै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १७ जनाको नामसहित राष्ट्रिय परिवर्तन पार्टीले आज नै समानुपातिक सूची अद्यावधिक गर्न लागेको बुझिएको छ ।
केन्द्रीय सदस्य लामाका अनुसार राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेरै जाने हिसाबले साङ्गठनिक संरचना, जिम्मेवारी सबै विषयमाथि छलफल गरी आज नै टुङ्गो लगाउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण