विना स्वीकृति आयोजित एनएसपीएलको बिजोग : तीन महिनासम्म विजेता र खेलाडीले पाएनन् पुरस्कार
सारांश
- नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को विजेता र खेलाडीले तीन महिना बितिसक्दा पनि पुरस्कार रकम पाएका छैनन्।
- लुम्बिनी राइडर्सले उपाधि जिते पनि आयोजक डिजिआर स्पोर्ट्सले खेलाडी र टिमलाई रकम दिएको छैन।
- प्रतियोगिता क्यानको अनुमति बिना नै आयोजना भएको र आर्थिक पाटो लथालिङ्ग भएको बताइएको छ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृति विना नै आयोजना भएको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को बेथिति बाहिर आएको छ । प्रतियोगिता सकिएको तीन महिना बितिसक्दा पनि विजेता टोली र खेलाडीले पुरस्कार रकम पाएका छैनन् ।
डिजिआर स्पोर्ट्सको आयोजनामा भएको टेनिस बल क्रिकेटको पहिलो सिजनको उपाधि लुम्बिनी राइडर्सले जितेको थियो भने अपन जनकपुर दोस्रो भएको थियो । तर, भव्यताका साथ सम्पन्न भएको दाबी गरिएको प्रतियोगिताको आर्थिक पाटो भने लथालिङ्ग देखिएको छ ।
विजेता टोली लुम्बिनी राइडर्सका मालिक अहमद खानले अहिलेसम्म पुरस्कार रकम नपाएको बताए । उनले आयोजकले हालसम्म खेलाडी र टिमलाई जितबापतको रकम उपलब्ध नगराएको जानकारी दिए ।
उपविजेता टोली जनकपुरको म्यानेजमेन्ट टोलीका सञ्जय यादवले पनि आयोजकले हालसम्म पुरस्कार रकम नदिएको स्वीकार गरे । यद्यपि, आयोजकले अबको एक साताभित्र बाँकी रकम दिने आश्वासन दिएको उनले बताए । ‘एक साताभित्र टिमले पुरस्कार पाउने भन्ने छ । हालसम्म पाएको छैन,’ यादवले भने ।
स्रोतका अनुसार आयोजकले टिमलाई मात्र नभएर म्यानेजमेन्ट तथा प्रतियोगितासँग जोडिएका अन्य कर्मचारीको रकम समेत दिएको छैन । यता आयोजक डिजिआर स्पोर्ट्सका अध्यक्ष ज्ञानु सिंहले पुरस्कार दिने विषयमा कुरा भइरहेको दाबी गरे । गत कात्तिक १८ गतेदेखि सुरु भएको यो प्रतियोगिता क्यानको अनुमति विनै आयोजना गरिएकाले सुरुदेखि नै विवादमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण