यस्ता छन् गगन थापाका १७ संकल्प
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र देश बदल्नका लागि भएको बताए ।
- उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए, जसले लोकतन्त्रप्रति निष्ठावान् बनाउनेछ ।
- थापाले पार्टी संगठनभित्र ऊर्जा र न्यायको अनुभूति दिलाउनुपर्ने र उदासीनता हटाउनुपर्ने बताए।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि भएको बताएका छन् । सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न सक्ने बनाउने सन्देश दिनुपर्नेमा जोड दिए ।
थापाले पेस गरेको प्रस्तावमा इतिहासमा कांग्रेसले युगान्तकारी जिम्मेवारी पूरा गरेको स्मरण गर्दै अब फेरि समयले प्रत्येक सदस्यबाट निष्ठा र उच्च नैतिक आदर्श खोजेको उल्लेख छ । उनले यो विशेष महाधिवेशनले कांग्रेसलाई केवल राजनीतिक दलमा मात्र सीमित नराखी लोकतन्त्रप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको दाबी गरे ।
प्रस्तावमा पार्टी संगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याइएको छ । थापाले आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नुपर्ने भन्दै पार्टीभित्र र बाहिर देखिएको उदासीनता हटाउनुपर्ने बताए । उनले समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्दै अग्रजले जोगाएको निष्ठालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाए ।
महामन्त्री थापाले समुन्नत नेपाल निर्माणको अभियानमा नवीन ऊर्जा, उत्साह र एकतासहित अघि बढ्ने संकल्प प्रस्तावमार्फत गरेका छन् । उनले पार्टीलाई गतिशील बनाउँदै स्थापनाकालीन जनमुखी आदर्शमा प्रतिबद्ध रहने र रूपान्तरणसहितको समुन्नत नेपालको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्ने धारणा राखेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण