बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देउवालाई गगनको आग्रह : विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

सोमबार, २८ पुस २०८२, १४ : २१
सोमबार, २८ पुस २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा सभापति देउवालाई सहभागी हुन आग्रह गरे।
  • थापाले यो विधानसम्मत कार्यक्रम भएको र नेता कार्यकर्ता नेतृत्वसँग डराएर आउन नसकेको बताए।
  • उनले देशमा आशा जगाउन कांग्रेसले सक्रियता बढाउनुपर्ने र शीर्ष नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई फेरि आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा थापाले विधानसम्मत ढंगले आयोजना गरिएको यस कार्यक्रममा सहभागी हुन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई आह्वान गरेका हुन्।

उनले यो पार्टीको आधिकारिक र विधानसम्मत कार्यक्रम भएको दाबी गर्दै यसलाई कसैले पनि अवैधानिक भन्न नसक्ने जिकिर गरे। महामन्त्री थापाले देशभरका नेता तथा कार्यकर्ताहरू विशेष महाधिवेशनमा सहभागी हुन इच्छुक भए पनि नेतृत्वसँग डराएर आउन नसकेको टिप्पणी गरे।

थुप्रै साथीहरूले आफूलाई सम्पर्क गरेर आउने इच्छा देखाएको तर जिल्लाका नेताहरूको डरका कारण खुल्न नसकेको उनको भनाइ छ। उनले देशमा आशाको सञ्चार गराउनका लागि पनि कांग्रेस जागेर अघि बढ्नुपर्नेमा जोड दिए। थापाले यो कुनै अलग समूहको नभई पार्टीकै हितका लागि आयोजना गरिएको कार्यक्रम भएकाले बन्दसत्रबाटै शीर्ष नेताहरूलाई सहभागी हुन अनुरोध भइरहेको जानकारी दिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप