काठमाडौँमा आइतबार दिउँसो शृङ्खलाबद्ध चोरी
सारांश
- आइतबार काठमाडौँका विभिन्न स्थानमा शृङ्खलाबद्ध चोरीका घटनाहरू भएका छन्।
- अनामनगर र गोकर्णेश्वर क्षेत्रका तीन घर तथा कोठाबाट १२ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भयो।
- चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार दिउँसो शृङ्खलाबद्ध चोरीका घटना भएका छन् । अनामनगर र गोकर्णेश्वर क्षेत्रका तीन छुट्टाछुट्टै घर तथा कोठाबाट नगद तथा गरगहना गरी १२ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
काठमाडौँ महानगरपालिका–२९ अनामनगरस्थित मुकुन्द थापाको घरमा आइतबार दिउँसो चोरी भएको छ । उनको घरबाट सुन, चाँदी र नगद गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यस्तै गोकर्णेश्वर नगरपालिका–८ माकलबारी क्षेत्रमा डेरा गरी बस्ने दुई जनाको कोठाबाट पनि दिउँसै चोरी भएको छ । उदयपुरको गाईघाट घर भई माकलबारी बस्ने सन्तोष राईको कोठाबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको छ ।
सोही वडाको फूलबारी टोलमा डेरा गरी बस्ने रामेछापका पासाङ तामाङको कोठाबाट पनि २ लाख ६० हजार रुपैयाँ बराबरकै सुनका गरगहना चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण