बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कांग्रेसभित्र उत्पन्न असहज अवस्था समाप्त पारौँ, पार्टी एकतामा असर पर्ने गतिविधि नगरौँ’

सोमबार, २८ पुस २०८२, १५ : ४४
सोमबार, २८ पुस २०८२

सारांश

  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको असहज अवस्था अन्त्य गर्नुपर्ने बताए।
  • उनले पार्टी एकताका लागि प्रतिकूल गतिविधि नगर्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
  • खड्काले आगामी महाधिवेशनबाट पार्टीको नीति परिवर्तन र नेतृत्व हस्तान्तरण गर्न सकिने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको बताएका छन् । सोमबार अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न आग्रह गरे । 

अपिलमा भनिएको छ,'नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो इतिहास छ ।'

नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको भन्दै कांग्रेसको काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको उनले बताए । 

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको समेत उनले बताए । 

अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक रहेको कार्यवाहक सभापति खड्काले बताए ।

नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन भइरहेको छ । 

 611353965_1666860788023203_3746047844196833601_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप