कर्णालीका चार जना सांसद कांग्रेसको विशेष महाधिवेशनमा
सुर्खेत । कर्णाली प्रदेश सभाका चार जना सांसद नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी सांसद जानकी सिंहको नेतृत्वमा चार जना सांसदहरू विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
सिंहसँगै कृष्णकुमार विसी, इन्द्राकुमारी शाही र देवेन्द्रबहादुर शाही विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् । यी चारै सांसद काठमाडौँमा छन् । सिंह सुर्खेतकी हुन् भने इन्द्रा र विसी दैलेखका हुन् । देवेन्द्र शाही जुम्लाका हुन् । कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना सांसद छन् ।
विशेष महाधिवेशनमा सहभागी सांसद देवेन्द्रबहादुर शाहीले अहिलेको मागअनुसार पार्टी रूपान्तरणको पक्षमा आफू उभिएको बताए । ‘जेनजी आन्दोलनपछि देशमा ठुलो क्षति भयो, त्यो हाम्रा दलहरूको कमजोरीका कारण हो, हुने, नहुने गठबन्धन गर्या छन्,’ उनले भने, ‘फेरि एमालेसँगै गठबन्धन कुरा गरेका छन्, यो गलत हुन्छ । पार्टीहरू सच्चिनुपर्छ भनेर म त रुपान्तरणको पक्षमा उभिएको हो ।’
उनले विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व बदलिनुपर्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण