दुई समूहलाई पार्टीमा भित्र्याउन प्रचण्डले गरे २ र ५ बुँदे सहमति
सारांश
- मनिष लिम्बूको लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भयो।
- जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूह पनि नेकपामा प्रवेश गर्यो।
- दुई र पाँच बुँदे सहमतिमार्फत पार्टी समायोजन गर्ने निर्णय गरियो।
काठमाडौँ । मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा भित्र्याउन २ र ५ बुँदे सहमति गरिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त सहमति गरिएको हो ।
लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको लिम्बुवानको मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादमा छलफल र बहस मार्फत टुङ्गो लगाउने सहमति गरिएको हो ।

त्यस्तै लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानका साथ उपर्युक्त ढङ्गले समायोजन गर्ने सहमति गरिएको हो ।
त्यस्तै जसपा नेपालका थापा मगर समूहसँग ५ बुँदे सहमति गरिएको छ ।
यस्तो छ सहमति
१.नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको लागि सडक, सदन र सरकार तीन वटै क्षेत्रमा सङ्घर्षरत रहने ।
२. समाजवादका लागि नेपालको मौलिक विशेषता र सङ्घीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, क्षेत्रीय, जातीय र लैगिंक विभेदको अन्त्यमा साथै समतामूलक न्याय पूर्ण, विभेद रहित समाजको निर्माण गर्ने ।
३. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सङ्घीयतालाई आत्मसात् गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धति अनुसार सञ्चालन गर्ने ।
४. जसपा, नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा उक्त समूहका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला जनवर्गीय सङ्गठनहरू, क्षेत्र तथा पालिका तहका समितिहरूमा आबद्ध नेता, कार्यकर्ताहरूलाई आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।
५. देशका उत्पीडित जात जाती, समुदाय, श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणको लागि विशेष पहलकदमी लिने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण